काठमाडौं । सशस्त्र प्रहरी बलले राजनीतिक दलका प्रतिनिधिहरूसँग विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
-1754073178.JPG)
अन्तरक्रियामा उपस्थित सबै राजनीतिक पार्टीका प्रतिनिधिहरूले विपद् व्यवस्थापन कार्यमा सुरक्षा निकायसँगको सहकार्य र समन्वयमा जोड दिएका छन् ।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समुदायलाई समेत सचेत तथा सहभागी गराउँदा विपद् जोखिम न्यूनीकरण प्रभावकारी हुने उल्लेख गरे । उनले समुदायसँगको समन्वय तथा सहकार्यमा विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताउँदै विपद्बाट हुने धनजनको क्षति कम गर्न राजनीतिक दलको भूमिका समेत समुदायस्तरमा महत्वपूर्ण हुने चर्चा गरे । -1754073173.JPG)
कार्यक्रममा कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले स्थानीय तहसँग समेत समन्वय गरेर विपद् व्यवस्थापन कार्य गरिरहेको बताउँदै समुदायलाई सचेत गराउने कार्यमा राजनीतिक दलसँगको समन्वय सहकार्य पनि उत्तिकै महत्वपूर्ण हुने बताए ।
अन्तरक्रियामा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले विपद् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरी बल नेपालको क्षमता, हाल उपलब्ध साधनश्रोत, जनशक्ति तथा विभिन्न घटनामा गरिएका उद्धार बारेमा प्रस्तुतीकरण गरेका थिए । -1754073175.JPG)
सोही अवसरमा राजनीतिक दलका प्रतिनिधिहरूले सशस्त्र प्रहरी बल नेपालले विपद् उद्धारमा प्रयोग गरिरहेका विपद् उद्धार सामाग्रीहरूको अवलोकन तथा त्यससम्बन्धी जानकारी लिएका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका विशेष गरी वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी विभागका प्रमुख तथा प्रतिनिधिहरू, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू बंशीराज दाहाल र गणेश बहादुर ठाडामगरलगायत उच्च अधिकृतहरूको उपस्थिति थियो ।-1754073173.JPG)