काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापा र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ई. मिलनमान मास्केलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका थापा तथा प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका मास्केलाई दर्ज्र्यानी चिह्न प्रदान गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज मंगलबार उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार सो अवसरमा सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा विशेष बढुवा भएका ईश्वरी बहादुर पुन, चाम नारायण महतो र रितबहादुर बस्नेतलाईसमेत दर्ज्यानी चिह्न प्रदान गगरिएको छ ।
-1753811343.JPG)
गृह मन्त्रीस्तरीय निर्णयबाट साउन १२ गते सशस्त्र प्रहरी नायव महानिरीक्षक र प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका थिए ।
महानिरीक्षक अर्यालले बढुवा भएका अधिकृतहरूलाई हार्दिक बधाई दिँदै संगठनप्रतिको कर्तव्य परायणता र समर्पण भाव र योगदान तथा आत्म विश्वासको उच्च मुल्याङ्कन गर्दै बढुवा गरिएको बताए । पदीय जिम्मेवारीमा उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ कार्यक्षेत्रमा आम नागरिकको सेवा, सुरक्षा र सहयोगमा इमान्दार र कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेश बहादुर ठाडा मगरलगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृतहरु र विल्लादार जवानहरुको समेत उपस्थिति थियो ।