काठमाडौं । जुवातास खेलिरहेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंका दुई र चितवनमा दुई स्थानबाट उनीहरूलाई पक्राउ गरिएको छ ।
प्रहरीले देखिएको विवरण अनुसार काठमाडौं महानगरपालिका–१३ ताहाचल डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका–११ घर भएका ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे लामाको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा बिम्मा समेत ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ३ सय रूपैयाँ र २४ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी, काठमाडौं महानगरपालिका–३१ भुपिशेरचन मार्ग बस्ने मोरङ बेलबारी नगरपालिका–९ घर भएकी ६३ वर्षीया साबित्री श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ६ सय २० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कस्थित धादिङ होटलबाट जुवातास खेलिरहेको अवस्थामा तनहुँ देवघाट गाउँपालिका–४ देवघाट बस्ने ४२ वर्षीय मान बहादुर मगर समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ९ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
सोही महानगरपालिका वडा नं. २ क्षेत्रपुर बस्ने पदमबहादुर आलेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय बिनोद मल्ल समेत ११ जनालई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ९ सय ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।