काठमाडौं । अवैध लागू औषधसहित प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । देशका विभिन्न जिल्ला र स्थानहरूबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले दिएको विवरण अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवटचोकस्थित सूर्य होटलबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो १ सय ४५ ग्राम सहित होटल संचालक सोही उपमहानगरपालिका–३ बस्ने ३९ वर्षीय बिकास लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका–४ शहिद गेटस्थित चौलानी होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी जोरायल गाउँपालिका–२ घर भएका २४ वर्षीय नबिन मगर र डडेलधुरा अजयमेरू गाउँपालिका–६ बस्ने २८ वर्षीय सुनिल खड्का रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका–९ बंग्रा कटान बस्ने ३३ वर्षीय नारायण विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको बिर्तामोड नगरपालिका–६ स्याँलडागीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने १९ वर्षीय लाडला मिया र २० वर्षीय ममताज मिया रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० हजार ९ सय ४० ट्याब्लेट, नाईट्राजेपाम २ हजार ९ सय ५० ट्याब्लेट, डाईजेपाम ५३ एम्पुल, बुप्रेनोर्फिन ५३ एम्पुल र फेनारगन ५३ एम्पुल सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका–५ घर भएका ४२ वर्षीय लाल बाबु कापर, खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ घर भएका २२ वर्षीय हेल कुमार परियार, रामेछाप मन्थली नगरपालिका–७ घर भएका २१ वर्षीय रूपेश भुजेल र सर्लाही कविलासी नगरपालिका–३ घर भएका २१ वर्षीय राजेश यादव रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०७७३ नम्बरको हायसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक लाल बाबु र हायसमा सवार हेल कुमार, रूपेश र राजेशलाई पक्राउ गरेको हो ।
सिराहाको गोलबजार नगरपालिका–१ गागन खोलाको झोलुङे पुलबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित सोही नगरपालिका–१ मुक्सार टोल बस्ने २७ वर्षीय मुनिन्द्र साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले गोलामुक्सारबाट मुक्सार गाउँतर्फ आउँदै गरेको स.५ प ८६८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ६० मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका–७ बस्ने २१ वर्षीय आविश उरावलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका–२ बन्साह बस्ने २९ वर्षीय खगेन्द्र महरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाँ समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०२–००३ प ८४३७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिका–११ शान्तिटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीया सपना गन्धर्व र सोही नगरपालिका–११ लोकनगर बस्ने २१ वर्षीय धिरज गन्धर्व रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले सपनाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
ललितपुरको ललितपुर महानगरपालिका–१२ मंगलबजार चक्रबहीलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २३ ट्याब्लेट सहित सोही ठाउँ बस्ने काभ्रे पाँचखाल नगरपालिका–८ घर भएका २५ वर्षीय सूर्यबहादुर बुढाथोकीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय भुपेन्द्र पोखरेललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको क.प्र.०२–००१ प ७००६ नम्बरको मोटरसाइकलमा समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।