काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ११ लाख रुपैयाँ बराबरका विभिन्न अवैध सामानहरू नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले हिजो शनिबार र आज आइतबार सो सामान नियन्त्रणमा लिएको हो ।
जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली चोरीपैठारी गरेको ११ लाख १२९ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
उनका अनुसार अवैध सामानहरु नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाइन कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।
नियन्त्रणमा लिइएको सामानको विवरण निम्नानुसार छन्–
१. जिल्ला प्रहरी कर्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२८ गते जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं. ४ पनेनी स्थितबाट लु ८ प ८१४३, UP 56 D 2470 नं., को मोटरसाईकल, ३० वटा बोईलर कुखुरा, टपिस पिन ४६ किलो, SHR COLD लेखेको ड्राईबेटर सेट १७ प्याकेट, डिल मिसेनमा लाग्ने गियरमा लाग्ने सामानहरु ४६ किलो, मो.सा. सहित जम्मा रु.२,४१,२५०।- बराबरको सामान बरामद ।
२. वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२९ गते जिल्ला रुपन्देही सिद्धार्थनगर न.पा. वडा नं.०८ अंचलपुर र जिल्ला रुपन्देही ओमसतिया गा.पा.वडा नं.१ क्यापटेन स्थितबाट ना १ ह ७५३९ नं. ई-रिक्सा, १६० पिस चार्जर हेड, किराना सामानहरु गरी अं. मुल्य रु. २,६०,१८९।- बरावरको सामान बरामद र ई-रिक्सा चालक जिल्ला दाङ राजापुर गा.पा. वडा नं.५ बस्ने वर्ष २८ को सखिफ साई समेत नियन्त्रणमा ।
३. इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति २०८२|०३|२९ गते जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहिया बाइपास स्थितबाट लेडिज सुट २० थान, भित्री बस्त्र कपडा १६८ पिस र प्लास्टिक स्ट्यान्ड १८० थान गरि जम्मा अं मुल्य रु.९०,०००।- बराबरको सामान बरामद ।
४. इलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ६ गुरबनिया स्थितबाट लु ६१ प ९१६९, लु ३१ प ५५५९, लु ४२ प ५८६०, लु २३ प ८८१९ न.को मो.सा.मा ल्याउदै गरेको बेवारिसे अवस्थामा राखेको चिनी ६ बोरा ,सुकेको खुर्सानी ७ बोरा, धनिया ५ बोरा, Zima मल ४ बाल्टी मो.सा. सहित अ.मुल्य रु. २,६८,०००।- बराबरको सामान बरामद ।
५. प्रहरी चौकी पिप्रहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२८ गते जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं. ५ तरकुल्ला स्थितबाट बोईलर कुखुरा १५ पिस अ. मुल्य रु. १६,०००।- बराबरको कुखुरा बरामद बरामद ।
६. प्रहरी चौकी मेउडिहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२९ गते जिल्ला रुपन्देही सिद्धार्थनगर नगहरपालिका वडा नं. २ झण्डिबजार स्थितबाट प्याज ४५० के.जी. अ. मुल्य रु २७,००० बराबरको नियन्त्रणमा प्याज बरामद ।
७. प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२९ गते जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ र १३ कालिदह स्थितबाट UP 55 AF 5589 न. को मो.सा., ४ वटा पाडा र १ वटा पाडी, डिएपि/ युरिया मल ८ बोरा, किराना तथा खुद्रा सामान गरी मो.सा. सहित जम्मा मुल्य रु. १,९७,६९०।- बराबरको सामान बरामद तथा पाडाहरु नियन्त्रणमा ।