काठमाडौं । महानगरपालिका–३२ कोटेश्वरस्थित पाहुना गेष्ट हाउसबाट अवैध लगूऔषध गाँजा ४ किलो १ सय ग्राम सहित रामेछाप मन्थली नगरपालिका–१० घर भएका ३० वर्षीय सुरेश पुलामी मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०६ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–१४ बल्खुबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, नुर्फिन ३२ एम्पुल र फेनारगन ३२ एम्पुल सहित ललितपुर सानेपा बस्ने ताप्लेजुङ घर भएका २७ वर्षीय गोपाल प्रधानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–९ गौशलास्थित रोयल सिराह गेष्टहाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम सहित सोही महानगरपालिका–३२ कोटेश्वर बस्ने दोलखा भीमेश्वर नगरपालिका–३ घर भएका २६ वर्षीय आशिष राउतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २ तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलडाँडी गाउँपालिका–३ कान्छी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका–१० दैजी बस्ने ३२ वर्षीय केशब बिष्ट, बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने २५ वर्षीय नरेन्द्र प्रसाद भट्ट र भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बस्ने २८ वर्षीया लक्ष्मी चन्द रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
कैलाली, टिकापुर नगरपालिका–९ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–१ बस्ने २३ वर्षीय अम्मर शाही, २० वर्षीय लक्ष्मण बुढाथोकी, १९ वर्षीय रेशम जैसी, १९ वर्षीय खगेन्द्र भण्डारी र १७ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका–५ देवीबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय जांगिर सेखलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, गढवा गाउँपालिका–६ गढवा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरोको छ । पक्राउ पर्नेहरूमा भारत बलरामपुर बस्ने २९ वर्षीय मोहम्मद हकीम र ४० वर्षीय मोहद हाफु रहेका छन् । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले कोईलाबासदेखी गढवातर्फ आउँदै गरेको युपि ४७ एएच ८७३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।