काठमाडौं । झण्डै एक करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाउने गिरोहका १७ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न देशका नागरिकहरूलाई ह्वाट्सएप, टेलिग्राममार्फत सम्पर्कमा ल्याएर विभिन्न अनलाइन बेटिङ साइटहरूको प्रयोग गरी जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पाँच जना भारतीय र १२ जना नेपाली नागरिक छन् ।
ललितपुर महानगरपालिका–२६ जैनखेल भ्यूटावरस्थित घर र सोही महानगरपालिका–१० नख्खुस्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिई उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट ल्यापटप १४ थान, मोबाइल ६० थान, विभिन्न बैंकको चेकबुक र वचत पासबुक ९ थान, विभिन्न व्यक्तिहरूको नामको भिसा कार्ड १५ थान, नेपाली राहदानी ४ थान र भारतीय राहदानी ४ थान समेत बरामद गरेको छ ।
उनीहरूले ८१ करोड ४७ लाख ५७ हजार ४ सय ४६ रूपैयाँ ४० पैसा बराबरको अनलाइन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाइ छ ।
उनीहरूलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
थप विवरण हेर्नुहोस् प्रहरीकै विज्ञप्तिमा–