काठमाडौ । तत्कालीन समयमा झण्डै आधा दर्जन बिकास बैंक तथा फाईनान्स कम्पनीहरु गाभिएर बनेको महालक्ष्मी बिकास बैकमा पछिल्लो समय आर्थिक अनियमितता चुलिदै गएको छ।
बैंक सञ्चालक समितीका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटाको गैरजिम्मेवारीपनका कारण बैंक धरासायी बन्दै गएको हो।
२०५२ सालदेखि सञ्चालनमा आएको उक्त बैंकको अहिले देशभर एक सय तीन वटा शाखा तथा ३४ वटा एटिएम सञ्चालनमा रहेका छन् । चुक्ता पुंजी तीन अर्ब ३४ करोड २४ लाख दुई हजार सात सय २५ रुपैयाँ रहेको उक्त बैंकले आर्थिक बर्ष २०७७/७८ मा ३८ अर्ब ६० करोड ९२ लाख ४९ हजार नौ सय ६६ रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड ६३ लाख ७४ हजार तीन सय ५७ रुपैयाँ कर्जा प्रवाह गरेको छ।
निक्षेपककर्ता र ऋणि समेत गरि बैंकको अहिले देशभर ५० हजार जति ग्राहक रहेका छन । बैंकका केही सञ्चालक र व्यवस्थापन पक्षको कमजोरीका कारण बैंकभित्र भएको सुन काण्ड, कर्जा घोटाला लगायतका अनियमितता बाहिरिंदा बैंकमा रहेका ५० हजार ग्राहकको निक्षेप जोखिममा पर्ने सम्भावना बढ्दै गएको छ।
केहीदिन अघि मात्र बैंकमा भएको सुन काण्डको अर्को अनियमितताको समेत पर्दाफास भईसकेको छ। उक्त बैंकको कुमारीपाटी शाखाबाट ललितपुर महानगरपालिका-११ चाकुपाट घर भएकी विष्णु महर्जनले २०७२ सालमा २५ तोला सुन धितो राखेर ऋण लिएकी थिइन्।
पाँच वर्षपछि उक्त ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा धितोमा राखिएको उक्त सुन नक्कली भएको भन्दै बैंकका जिम्मेवारी अधिकारीहरुले फिर्ता दिन नमिल्ने बताएका छन्।
ऋणि महर्जनले बैंकबाट ऋण लिदा आफ्नो गहना जाँचेर लिएपनि अहिले बैंकको कुुमारीपाटी शाखाले धितोमा लिएको उक्त सुन नक्कली भएको भनेर दिन नमाने पछि पीडित मर्हजन बैंकलाई कारवाही गरिपाउँ भन्दै नेपाल राष्ट्र बैंक, केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) संग हारगुहार गरिरहेकि छन्।
त्यसो त महालक्ष्मी बिकास बैंकमा भएको घोटाला र अनियमितताको यो घटना नै पहिलो भने होइन। यसअघि पनि बैंकको सोही शाखाबाट अर्पयाप्त सुन धितो राखेर कर्मचारीकै मिलेमतोमा त्यहाँबाट सात करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। यसैगरी सोहि बैंकले पोखराका सुन व्यवसायी कमलमान गुभाजुुलाई सुनको कारोवार गर्न चार करोड ८० लाख रुपैयाँ कर्जा दिएर चलनचल्तीको झण्डै ३८ करोड रुपैयाँ बराबरको सम्पती जफत गरेको थियो।
बैंकले भुुमाफिया रुपमा परिचित कालुु गुुरुङसंग मिलेर धितो नराखेको जमिन समेत कव्जा गरेको छ। बैंकले सुन कारोवारमा लगानीमा घोटाला भएको भनी नेपाल राष्ट्र बैंकमा पटक पटक परेको उजुरी पछि राष्ट्र बैंकले त्यसको छानविन गर्न सिआईबीलाई निर्देशन दिएको थियो।
उक्त कर्जामा भएको अनियमिततामाथि छानविन हुने डरले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने कार्यकाल बाँकि रहदै राजीनामा दिएका थिए। उक्त सुन प्रकरणमा मुुछिएका महालक्ष्मी बिकास बैंक कुमारी पाटी शाखाका आधा दर्जन कर्मचारीहरु पक्राउ परेका थिए। अनुसन्धानपछि पक्राउ परेका उनीहरु धरौटीमा छुुटेका थिए।
महालक्ष्मी बैंकमा यति धेरै घोटाला हुुनुको प्रमुख कारण बैंकको सञ्चालन एवं व्यवस्थापन पक्ष हो रहेको बैंकका लगानीकर्ताहरुले नै बताउँदै आएका छन्। बैंकमा हाल अध्यक्ष रहेका राजेश उपाध्याय तत्कालीन समयमा मनकामना डेभलपमेन्ट बैंकमा पनि अध्यक्ष रहेका थिए भने यति डेभलपमेन्ट बैंकमा पनि अध्यक्ष रहेका थिए। ति बैंकहरु मर्जर भएर बनेको महालक्ष्मी बिकास बैंकमा पनि उनै उपाध्याय अध्यक्ष रहेका छन्।
तत्कालीन समयमा मनकामना डेभलपमेन्ट बैंक र यती डेभलपमेन्ट बैंकमा पनि करोडौं रुपैयाँ कर्जा घोटाला भएको थियो। त्यही घोटालाका मतियार नै अहिले महालक्ष्मी बिकास बैंकको सञ्चालन एवं व्यवस्थापन प्रमुुखको रुपमा रहेका कारण बैंकमा अत्याधिक घोटाला भएको जानकारहरुको बुझाइ छ।
पटकपटक घोटाला र अनियमिततामा मुछिएको उक्त समुहलाई राष्ट्र बैंकले कारवाही गरी यो समुहको चुंगुलबाट महालक्ष्मी बिकास बैंकलाई मुक्त गर्नुपर्ने लगानीकर्ताहरुले माग गरिरहेको बैंक स्रोतको दाबी छ।