काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । रौतहट, महोत्तरी, पर्सा र सुनसरी भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको हो ।
रौतहट, चन्द्रपुर नगरपालिका-२ जुडिबेलास्थित सडकमा ना.१ ह ९९३० नम्बरको ट्याम्पोले ठक्कर दिँदा बुधबार साँझ गम्भीर घाइते भएका सोही ठाउँ बस्ने साईकलयात्री ५० वर्षीय सानुराम चौधरीको चपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार ट्याम्पो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
महोत्तरी, मठियानी नगरपालिका-२ स्थित सडकमा ज.१ ह २८०७ नम्बरको ट्याम्पोले बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ आबर बस्ने पैदलयात्री ५५ वर्षीय छिवन यादवको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनमा घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय संजय साहको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याम्पो नियन्त्रणमा लिई हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पर्सा, जगरनाथपुर गाउँपालिका-१ पिडारी बस्ने जादो लाल रामको छोरा ४ वर्षीय छोरा रितेश रामको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट बुधबार साँझ मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रितेशको उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, भोक्राहा नर्सिंङ गाउँपालिका-५ जनता चोकमा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका रौतहट चन्द्रपुर नगरपालिका-१० बस्ने १९ वर्षीय अभिनाश चौधरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।