काठमाडौं । घरजग्गा प्लटिङ गर्दै विभिन्न ब्यक्तिहरुबाट एड्भान्समा रकम बुझ्ने तर जग्गा पास चाहिँ नगरी ठग्दै हिड्ने एक जनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्त ठकुल्ला रहेको प्रहरीले जनाएको छ । सोमबार पक्राउ परेका ठकुल्लालाई ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालको छ ।
ठकुल्लाले कागेश्वरी-मनहरास्थित पर्ने साना गाउँमा गरेको प्लटिङबाट दर्जनौंलाई ठगेका थिए । उनीबाट पीडित हुनेहरुमा अर्जुन भण्डारी (केशर), सुरज श्रेष्ठ, शम्भु श्रेष्ठ, गोपाल श्रेष्ठ, रामकृष्ण शर्मा, सुशील, दिनेश श्रेष्ठ, अर्जन श्रेष्ठ, रशेम सापकोटा र राज श्रेष्ठलगायत दर्जनौं रहेका छन् । उनीबाट ठगिएकामध्ये केहीले उनलाई प्रहरीमा उजुरी हाल्दै केहीदिन थुन्दै पैसा वा जग्गा नै लिन सफल भए भने अहिले पनि उनीबाट प्रायजसोले न आफूले बुझाएको रकम पाए, नत जग्गा नै ।
उनले बाटो नै नभएको जग्गामा रातारात बाटो काटेर पास गरिदिने तर पछि बाटो नै नभएको जग्गा हुनेजस्ता थुप्रै समस्या रहेका भेटिएपछि उनीबाट थुप्रै पीडित बने । पीडित मध्येका एक राज श्रेष्ठबाट ठकुल्लाले १ रोपनी जग्गा पास गरिदिने सर्तमा पटकपटक गरी २० लाख १५ हजार नगद लिएका थिए । ५-६ बर्ष वित्यो पीडितले न आफूले दिएको रकम पाए नत जग्गा । पीडित राज श्रेष्ठ प्रहरीकोमा उजुरी बोकेर धेरै पटक पुगे ।
उनी सम्पर्कमा आएता पनि फेरि जग्गा नै दिने, रकम फिर्ता गर्ने भन्दै चेक दिएर उम्किदै गए । न चेक साटियो न उनलाई फेरि भेटियो । अति नै भएपछि पीडित श्रेष्ठले महानगरीय प्रहरी परिसरमा ठगी मुद्दा दर्ता गरे । उनको ठगी मुद्दा अदालतसम्म पुग्यो । अदालतले नै पक्राउ गर्न पक्राउपुर्जी काटेपछि उनलाई सोमबार ललितपुर प्रहरीले पक्राउ गरेको हो । काँग्रेसका नेता तथा प्रहरीका हाकिमहरुलाई नै प्रयोग गरेर अहिले पनि उनी त्यहाँबाट उम्किन प्रयासरत छन् ।
स्रोतका अनुसार उनीबाट आफ्नै भाइभतिजा, नातागोता, छिमेकी सबै पीडित छन् । उनले जिल्लाबासीलाई सवैभन्दा बढी पीडित बनाएका छन् । त्ससो त, ठकुल्लालाई महानगरीय प्रहरी अपराध महाशाखाले पनि खोजीरहेको अपराध महाशाखाले जनाएको छ । ठकुल्लाले भैसेपाटीस्थित जग्गा प्लटिङबाट पनि दर्जनौंलाई पीडित बताएको बुझिएको छ । कतिपयले जग्गा पनि नआउने र पैसा पनि फस्ने डरले उनमाथि उजुरी गर्न सकिरहेका छैनन् ।
ठकुल्लाले आफू काँग्रेसको जिल्ला नेता भएको भन्दै पीडितलाई धम्क्याउने गरेका छन् । उनले नेपाली काँग्रेसको नाम लिएर पार्टीकै बदनाम समेत गरिरहेका छन् । यदि उनी पार्टीकै नेता तथा कार्यकर्ता भएको हो भने पनि पार्टीको नाम बदनाम गर्दै हिडेकाले उनलाई कारबाही गर्नेपर्ने देखिएको छ । त्यसो उनले नेपाल प्रहरीका एसएसपी, डिआइजी र एआइजीकै नाम लिएर बदनाम गर्ने गरेको पीडितले बताए । प्रहरीले उनीबाट दर्जनौं पीडित रहेको हुनसक्ने भन्दै सूचना दिन भनेको छ ।