Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
मगलवार, माघ ६, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
सशस्त्रका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस, को-को छन् बढुवामा ? [सूचीसहित]
डिआईजी अर्यालद्वारा हिरासतमा किताब कार्यक्रम उद्घाटन
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा व्यवस्थापन तथा योजना तालिम समापन
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ
सोलुखुम्बुमा टिपर दुर्घटना: ३ जनाको मृत्यु
ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ
अवैधरूपमा काठ ओसारपसार गर्ने ७ जना पक्राउ
अपराध/दुर्घटना
  • Home
  • News
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु
64x64
मगलवार, मंसिर १६, २०७७ सुरक्षा न्युज

काठमाडौं । भक्तपुर, झापा, महोत्तरी, मोरङ, रोल्पा, ईलाम, नवलपरासी(पश्चिम), रुपन्देही, सिरहा र धनुषाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भक्तपुर मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकमा बा.७३ प ३८२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-९ राधे-राधे बस्ने २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी हुँदै थप उपचारको लागि नर्भिक अस्पताल थापाथली लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यसैगरी झापा दमक नगरपालिका-४ ताराबारीस्थित सडकमा मे.१ त ६१९६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने तुलसी प्रसाद धिमालको छोरा ८ वर्षीय जेनिस धिमालको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको अरनीको अस्पताल उर्लाबारी मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी महोत्तरी रामगोपालपुर नगरपालिका-९ गोठ-बनौली भित्री सडकमा गोरू गाडाले किच्दा सोही ठाउँ माईती घर बस्ने अमृता देवी यादवको छोरा अन्दाजी ३ वर्षीय आयुष यादवको सोमबार दिउँसो मृत्यु भएको छ । बाटोमा खेलिरहेको अवस्थामा गोरू गाडाले किच्दा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल जलेश्वरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गोरु गाडा र गाडा चलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङ विराटनगर महानगरपालिका-९ बुद्धचोकस्थित सडकमा को.१२ प ३५६ नम्बरको मोटरसाइकलबाट लडेर सोही महानगरपालिका-१५ रामजानकी चोक बस्ने ६० वर्षीया मनकामना झाको सोमबार दिउँसो मृत्यु भएको छ । बिरामी भएकी झालाई उनकै छोराले मोटरसाइकलमा राखी अस्पतालतर्फ लैजाने क्रममा मोटरसाइकलबाट लड्दा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रोल्पा सुनछहारी गाउँपालिका-५ पोवाङस्थित सडकमा रा.१ त ३०८२ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी २ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक त्रिबेणी गाउँपालिका-७ बस्ने २४ वर्षीय टेक बहादुर बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी ईलाम फाकफोकथुम गाउँपालिका-५ थुम्का भिरस्थित सडकमा को.२ च १५ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा पिकअपमा सवार माई नगरपालिका-९ बस्ने ४० वर्षीय दिनेश लिम्बु लगायत २ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका १ जनालाई जिल्ला अस्पताल ईलाम हुँदै थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । पिकअप गाडीका चालकलाई सामान्य उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी नवलपरासी(पश्चिम) रामग्राम नगरपालिका-१० नदुवास्थित सडकमा लु.४३ प २८८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय सिताराम गुप्ताको सोमबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रुपन्देही देवदह नगरपालिका-९ भलुहीस्थित सडकमा लु.१ च ६७५९ नम्बरको पिकअप गाडीले लु.५७ प ९९१४ नन्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिंदा मोटरसाइकल चालक देवदह नगरपालिका-७ बस्ने २८ वर्षीय निरज ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार पिकअप गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सिरहा धनगढीमाई नगरपालिका-९ मुसरहर्नियास्थित सडकमा लु.६२ प ७६७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहा नगरपालिका-१९ बस्ने २७ वर्षीय प्रदिप यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित आर.के.मेडिसिटि हुँदै थप उपचारको लागि नोबेल अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको आर.के.मेडिसिटिमा उपचार भइरहेको छ ।

यसैगरी सिरहाकै बरियारपट्टी गाउँपालिका-३ स्थित सडकमा रोकी राखेको स.१० प ४६५९ नम्बरको मोटरसाइकलमा स.४ प ७१९७ नम्बरको मोटरसाइकल आइतबार ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका स.४ प ७१९७ नम्बरको मोटरसाइकलका चालक औरही गाउँपालिका-५ बस्ने अन्दाजी ३० वर्षीय देव कुमार ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा सोमबार मृत्यु भएको हो । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

यसैगरी धनुषा मिथिला नगरपालिका-८ बडहरीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ज.७ प ५९८६ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ लक्ष्मीनिवास बस्ने अन्दाजी २५ वर्षीय पंचदेव साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।


प्रकाशित मिति: मगलवार, मंसिर १६, २०७७, ०३:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ
सोलुखुम्बुमा टिपर दुर्घटना: ३ जनाको मृत्यु
अपराध/दुर्घटना
ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ
64x64
सोमवार, माघ ५, २०७७ सुरक्षा न्युज
झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ परेका छन् । पुरा पढ्नुहोस्
अपराध/दुर्घटना
अवैधरूपमा काठ ओसारपसार गर्ने ७ जना पक्राउ
64x64
सोमवार, माघ ५, २०७७ सुरक्षा न्युज
नुवाकोटको बेलकोटगढी नगरपालिका-५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
सशस्त्रका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस, को-को छन् बढुवामा ? [सूचीसहित] सोमवार, माघ ५, २०७७ 304
डिआईजी अर्यालद्वारा हिरासतमा किताब कार्यक्रम उद्घाटन
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा व्यवस्थापन तथा योजना तालिम समापन
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ
सोलुखुम्बुमा टिपर दुर्घटना: ३ जनाको मृत्यु
ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ
अवैधरूपमा काठ ओसारपसार गर्ने ७ जना पक्राउ
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ सोमवार, माघ ५, २०७७
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ सोमवार, माघ ५, २०७७
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ सोमवार, माघ ५, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु
नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु
काबुलमा बम विष्फोट: वरिष्ठ अफगान अधिकारीको मृत्यु
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP