इलाम । इलामको माङसेबुङ्ग गाउँपालिका २ र ८ को सीमाना स्थित लारुवाबाट आइतबार एपीएफ टोलीले करीब एक लाख २० हजार रुपैयाँ बराबरको सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको ईलाममाई नगरपालिका ६ बस्ने १९ वर्षिय बिकास लिम्बु र झापा जिल्लाको दमक नगरपालिका ३ बस्ने १८ वर्षिय सुवास शेर्पा छन् ।
प्र १०१–००१ त ८३४५ नम्बरको ट्याक्टरमा लोड गर्दै गरेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश दानावारीबाट खटिएको एपीएफ टोलीले उक्त काठसहित पक्राउ गरेको हो । एपीएफले त्यसवेला उक्त ट्याक्टर समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद काठ तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय सुखानीमा बुझाईएको छ ।