काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) देखि प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सम्म २९ सिनियर अधिकृतका दरबन्दी रिक्त छन् । रिक्त दरबन्दी संख्या कम तर प्रतिस्पर्धी अधिकृतहरु धेरै हुदाँ लामो समयदेखि रिक्त प्रहरी नायब उपरीक्षक (डीएसपी) को दरबन्दी संख्या २४ बाट बढेर २६ पुगेको छ ।
यहि साउन १४ मा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भिमबहादुर दाहालले ५५ बर्षे उमेरहद र प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले तिस बर्षे सेवाहदको कारण अवकाश पाएका छन् । अवकाश पाएका दाहाल २०५४ मङ्सिर १ मा र श्रेष्ठ २०५३ साउन १५ मा प्राविधिक प्रहरी नायब निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए ।
दाहाल र श्रेष्ठको अवकाशसंगै नेपाल प्रहरीमा एक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) र दुई प्रहरी उपरीक्षक (एसपी) को दरबन्दी रिक्त भएको छ । एक एसएसपी पदको लागि २०५८ साउन १८ मा प्रहरी निरीक्षकमा नियुक्ति लिएको ११४ समुहका प्रहरी उपरीक्षक (एसपी) हरु बासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल र बिरेन्द्रबहादुर शाही समेत गरी ४ जना अधिकृतहरु बढुवाको मुख्य प्रतिस्पर्धी देखिएका छन् । उनीहरु चारैजना २०७७ माघ १२ मा एकैदिन प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका थिए ।
रिक्त दुई प्रहरी उपरीक्षक (एसपी) को लागि पनि २०६२ भदौ २३ मा प्रहरी निरिक्षकमा नियुक्ति लिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु प्रकाश सापकोटा, प्रकाश बिष्ट, मकेन्द्र कुमार मिश्र र २०६२ फागुन २३ मा प्रहरी निरिक्षकमा नियुक्ति लिएका जितेन्द्र कुमार बस्नेत प्रहरी उपरीक्षक (एसपी) बढुवाको प्रतिस्पर्धामा छन् । सापकोटा, बिष्ट, मिश्र र बस्नेत २०७४ साउन १६ मा एकैदिन प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका थिए ।
डीएसपीका रिक्त पद २६ प्रतिस्पर्धी १२८
रिक्त दरबन्दी संख्या कम र बढुवाका आकांक्षी धेरै हुदाँ प्रहरी नायब उपरीक्षक (डीएसपी) को बढुवा नै अन्यौलमा परेको छ । अघिल्लो आर्थिक बर्षको अन्त्यमा नेपाल प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिसको प्रक्रिया अगाडी बढाउन सामान्य गृहकार्य गर्न खोजेको थियो । तर बढुवाका आकांक्षी प्रहरी निरीक्षकहरुको अत्याधिक चलखेल तथा दवावको कारण गृह मन्त्रालयका उच्च अधिकारी र प्रहरी नेतृत्वबिच कुरा नमिल्दा प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाको प्रक्रिया नै अवरुद्ध भएको बुझिएको छ ।
डीएसपी बढुवाको लागि २०६४ पुस १२ मा प्रहरी निरीक्षकमा नियुक्ती लिएका चन्द्रबहादुर थापा, २०५४ चैत १६ मा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरी आन्तरिक बढुवाबाट प्रहरी नायब निरीक्षक हुँदै २०७१ चैत १ मा प्रहरी निरीक्षकमा विभागीय बढुवा भएका धर्मराज मुडभरी, गौतम बोहोरा र प्रविण जोशी (ज्ञवाली) समेत गरी चार जना सिनियर ब्याचका प्रहरी निरीक्षकहरु प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाको अग्रपंक्तिमा छन् । थापा ब्याचामेटसंग प्रतिस्पर्धामा नरहेको, मुडभरी, बोहोरा र जोशी आगामी बर्ष अनिवार्य अवकाशमा जाने भएकोले चार जनाबीच खासै बढुवाको प्रतिस्पर्धा देखिदैन ।
तर विसं २१०० मा प्रहरी नेतृत्वमा जाने अधिकृतहरु सम्मिलित ब्याच भएकोले २०७२ असोज ८ गते प्रहरी निरीक्षकमा नियुक्ति लिएको ब्याचका १२४ मध्येबाट २२ जना अधिकृत छान्नुपर्ने भएकोले प्रहरी नेतृत्वलाई बढुवाको सिफारिस गर्न हम्मेहम्मे परेको बुझिएको छ । काविल तथा ब्यबसायिक अधिकृतलाई बढुवामा छुटाउदा बिबाद हुने डर, प्रहरी नेतृत्वसँग निकट रहेर प्रहरी प्रधान कार्यालयमा हालीमुहाली गरिरहेका धेरैजसो अधिकृतहरु बरियतामा एकदमै पछाडी रहेकोले पनि बढुवा निस्किन नसककेको प्रतिस्पर्धी प्रहरी निरीक्षकहरुको बुझाई छ ।
आगामी पुसमा राष्ट्रिय अनुसन्धान बिभागबाट स्थानातरण भइ २०५३ पुस ५ मा नेपाल प्रहरीमा आएका १२ उच्च अधिकृतहरुको अवकाशपश्चात मात्रै बढुवा निकाल्ने प्रहरी प्रधान कार्यालयले रणनीति बनाएको बिश्वस्त स्रोतले जानकारी दिएको छ । नियमित अवकाशको १० दिन अगाडी आगामी मङ्सिर २३ मा ५६ बर्षे उमेरहदको कारण प्रहरी नायब महानिरीक्षक (डीआईजी) बिनोद घिमिरे सेवानिवृत्त हुँदैछन् ।
त्यस्तै ३० बर्षे सेवाहदको कारण आगामी पुस ४ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बर बहादुर बिश्वकर्मा, प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु माधव प्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, सुरेन्द्र गुरुङले अनिवार्य अवकाश पाउनेछन् । राष्ट्रिय अनुसन्धान बिभागबाटै नेपाल प्रहरीमा स्थानातरण भएका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शारदा प्रसाद चौधरीले ५५ बर्षे उमेरहदको कारण नियमित अवकाशको डेढ बर्ष अगावै आगामी पुस ४ मा सेवानिवृत्त हुनेछन् । यसरी आगामी पुस पहिलो साता १२ थप दरबन्दी रिक्त भएपछी ३८ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गर्ने प्रहरी प्रधान कार्यालयले रणनीति तय गरेको बुझिएको छ ।
प्रहरी प्रधान कार्यालयले सर्बोच्च अदालतबाट सरकारको नाममा जारी निर्देशनात्मक आदेश बिपरित लामो समयदेखि बढुवाको प्रक्रिया नै रोकेर राख्दा प्रहरी अधिकृतहरुको नियमित वृत्तिबिकास र संगठनको दैनिक कार्य संचालनमा समेत असर पर्न जाने जानकारहरुको बुझाइ छ । तत्कालिन प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) यादवराज खनालले माथिल्लो पदमा दरबन्दी रिक्त हुँदाहुँदै बदनियतपूर्वक सरकारले अनिवार्य अवकाशमा पठाएको भन्दै सर्बोच्च अदालतमा दायर गरेको रिटमा न्यायाधीसद्वय सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको इजलासले २०७५ जेठ १३ मा फैसला सुनाउदै “ बढुवा समितिले आफ्नो जिम्मेवारी समयमा पूरा नगर्दा प्रहरी संगठनले किटान गरेको लक्ष्य प्राप्ति पनि नहुने संस्थाको हितको अनुकूल पनि नहुने हुँदा अब प्रहरी ऐन नियमअन्तर्गत बढुवाको सन्दर्भमा जिम्मेवार पदपूर्ति समिति र बढुवा समितिलगायतका निकायहरूले आफ्नो काम कर्तव्य र अधिकारहरूको प्रयोग पूर्व तयारीका साथ क्यालेन्डर बनाएर कार्यतालिकाअनुसार आवश्यक सिफारिस वा सम्भाव्य उम्मेदवारको लागि प्रतिस्पर्धा लगायतका आवश्यक प्रक्रिया अगाडि बढाई समयमा बढुवा सम्बन्धी निर्णय गरी अनिवार्य रूपमा क्यालेन्डर पूर्ण रूपमा लागू गर्न नियमावलीले तोकेको अवधिमा नै बढुवासम्बन्धी कार्य सम्पन्न गर्नु गराउनु ” भनी विपक्षीहरूको नाउँमा निर्देशनात्मक आदेश जारी गरेको थियो ।
उक्त फैसलामा भनिएको छ “ प्रहरी प्रशासन देशमा शान्ति सुरक्षा कायम गर्नु पर्ने संगठन सुचारू रूपले सञ्चालित हुनु पर्ने संस्था हो । यस्तो निकाय सुचारू रूपले चल्न संस्थाको विभिन्न तहका लागि आवश्यक मानव संसाधन [Human Resources] को व्यवस्थापन गर्न समयमा नियुक्ति, बढुवा, प्रतिस्थापनको आवश्यकता रहन्छ । प्रहरी अधिकृत / कर्मचारीहरूको वृत्ति विकासको हकमा समयमा सम्पन्न गर्नु पर्ने भई बढुवालगायतको निर्णय गरी पाउने निजहरूको वैध र कानूनी अपेक्षा [legitimate expectations] हो भने योग्यता पुगेका व्यक्तिहरू प्रतिस्पर्धामा भाग लिन पाउने प्रहरी अधिकृत / कर्मचारीहरूको कानून प्रदत्त अधिकार पनि हो । पदपूर्ति समिति वा बढुवा समिति र सोको पदाधिकारीको अकर्मण्यता कुनै पनि प्रहरी अधिकृत / कर्मचारीहरूको भाग्यमा प्रहार गर्ने संयन्त्र बन्न हुँदैन । ”
प्रहरी नियमावलीको नियम २६(१) को व्यवस्थाअनुसार जनपद समुहतर्फको प्रहरी नायब उपरीक्षक(डीएसपी) देखि माथीको सम्पूर्ण पद प्रतिशत निर्धारण हुनु नपर्ने पद हो । त्यस्तो पद रिक्त भएको मितिले ३ महिनाभित्र बढुवा समितिले अनिवार्यरूपमा पदपूर्ति गरिसक्नुपर्ने भन्ने कानुनी ब्यबस्था रहेको छ । तर बढुवा समितिले समयमा बढुवाको निर्णय नगर्दा दर्जनौ सिनियर प्रहरी अधिकृतहरुको वृत्तिबिकासको साथै संगठनको दैनिक कार्यसंचालन तथा मुलुकको शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्न जाने सुरक्षा सम्बन्धि जानकारहरु बताउछन् ।
सुरक्षा न्युजलाई प्राप्त लोकसेवा आयोगको “ मेरिट लिस्ट ” अनुसार २०७२ असोज ८ गते प्रहरी निरीक्षकमा नियुक्ति लिएका प्रहरी निरीक्षकहरु केशव राज भट्ट, गणेश पौडेल, किसन बस्नेत, संबित भण्डारी, बिनोद श्रेष्ठ, थम्मन जि.सी., बिनोद सुबेदी, हिम बहादुर के.सी., शंकर श्रेष्ठ, मोहन बिक्रम के.सी., वसन्त आचार्य, सुदर्शन पन्थी, धर्म राज जोशी, बुद्धि राम चौलागाई, रमेश बिष्ट, रबिन राज मैनाली, बुद्दि प्रसाद सुबेदी, कृष्ण खड्का, उमेश गुरुङ (श्रेष्ठ), खेम प्रसाद नेपाल, दीपक थापा, अमर बहादुर माझी, नारायण थापा, रोशन राज पाण्डेय, कृष्ण बस्याल, जितेश दाहाल, दिवाकर रिजाल, फल बहादुर तामाङ, रबिन्द्र महत, ऋषि राज ढकाल, नर बहादुर साउद, माधव के.सी., उमाकान्त जोशी, गणेश सुबेदी, दिपक के.सी., जनक राज बन्जरा, कान्ति राज जोशी, देवराज काफ्ले, याम बहादुर मल्ल, दिपक महत क्षेत्री, प्रकाश राउत, धनदेव साउद, लक्ष्मी खड्का, राजाराम खड्का, भरत राज गिरी, विकाश कुमार तामाङ, जगदिश रेग्मी, सुशिल के.सी., विरेन्द्र घिमिरे, प्रकाश सिंह कार्की, शुभेश अधिकारी, हृदेश कुमार सापकोटा, सुन्दर चौलागाई, मोतिलाल योन्जन तामाङ, कन्चन तामाङ्ग, प्रसान्त श्रेष्ठ, खगेन्द्र सिंह साउद, सुदर्शन देव जोशी, राज कुमार तामाङ, उद्वव पोखरेल, डेकेन्द्र शर्मा (रेग्मी), बिरेन्द्र सिंह थापा, राम राजा केशरी, भुपेन्द्र गिरी, ईश्वरी अधिकारी, सुमन कुमार थापा, कैलाश कुमार अधिकारी, महेश राज पाठक, शुकदेव पौडेल, अनिष भण्डारी, अमृत भण्डारी, पुस्कर राज पन्त, सरला गिरी, पंकज चुदाली, नवराज सापकोटा, निरन्जन घिमिरे, सबिन कुमार संग्रौला, देउ प्रसाद लिम्बु, राज कुमार भट्ट, गणेश खनाल, राम कृष्ण श्रेष्ठ, कमल परियार, अनोज बि.क., शोभा पाण्डेय, विरेन्द्र राज गुरुङ्ग, ध्रुब बहादुर बिष्ट, राम बालक राय, उमाशंकर प्रसाद शाह, कृष्ण श्रेष्ठ, सुशोभन श्रेष्ठ, कोशिस बाबु जोशी, कल्पना सापकोटा, दिनेश रिमाल, निरोज चौलागाई, अरविन्द कुमार साह, शान्ता वाईबा, चुडामणि पुन, ध्रुव नारायण श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, माधव बिश्वकर्मा, खगेन्द्र एक्तेन, उज्ज्वल बहादुर सिंह, घनेन्द्र हाङ खजुम, बिशाल तामाङ, अस्मीता कपाली, चुडा कुमारी खड्का, कोमल ठाकुर, बिक्रम साह, हिक्मत बहादुर थापा, भगवती तिमिल्सेना, मनोज कुमार यादव, ओम प्रकाश यादव, महेन्द्र दर्नाल, चन्द्र किशोर साह, कमला नराल, ज्ञानमन्जरी शर्मा, अशोक कुमार शाह, सुजता तुम्वाहाङ्फे, राज किशोर साह तेली, अनु लामा, बिष्णु बि.क., दिपक मगराठी, इन्द्रजीत सुनार र देवेन्द्र दास प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाका प्रतिस्पर्धी अधिकृत हुन् ।