काठमाडौं । प्रहरी प्रधान कार्यालयले तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दीपक थापासहितका प्रहरी अधिकृतहरूको विदाइ गरेको छ ।
महानिरीक्षक थापा तथा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुदिप गिरी र टेकबहादुर तामाङलाई आज बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको हो । उनीहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले शुभकामनासहित हार्दिक बिदाइ गरे ।
सो अवसरमा खापुङले विभिन्न आरोह अवरोहहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त हुन लागेका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरे । सेवा निवृत्त हुन लागेका वरिष्ठ प्रहरी अधिकृतहरूले संगठनको श्रीवृद्धिका लागि पुर्याएको योगदान अतुलनीय रहेको चर्चा गर्दै नेपाल प्रहरीको गरिमा अभिवृद्धिमा महत्वपूर्ण टेवा पुगेको तथा सेवानिवृत्त पछि पनि व्यावहारिक सल्लाह, सुझाव, परामर्श र पृष्ठपोषण प्राप्त हुने विश्वास उनले व्यक्त गरेका छन् ।
संगठनमा विगतमा भएका असल अभ्यासहरूलाई नेपाल प्रहरीको आगामी राणनीति तथा कार्ययोजनाहरूमा समेटी निरन्तर अगाडि बढाउने प्रतिवद्धता खापुङले व्यक्त गरेका छन् ।
कार्यक्रममा सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी र प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले आ–आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभवसहितको मन्तव्य व्यक्त गरेका थिए ।
उक्त समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती रूपा थापा लगायत संघका पदाधिकारीहरूलाई समेत बिदाइ गरिएको छ । उनीहरूलाई भावना श्रेष्ठ खापुङले शुभकामनासहित हार्दिक बिदाइ गरिन् ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दीपक थापा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई शुभकामनासहित हार्दिक बिदाइ गरेका थिए ।
हेर्नुहोस् तस्बिरहरू–
-1756916735.JPG)
-1756916730.JPG)
-1756916728.JPG)
-1756916723.JPG)
-1756916721.JPG)
-1756916715.JPG)
-1756916714.JPG)
-1756918570.jpg)
-1756918590.jpg)
-1756918589.jpg)
-1756918586.jpg)
-1756918585.jpg)
-1756918583.jpg)
-1756918581.jpg)
-1756918578.jpg)
-1756918578.jpg)
-1756918574.jpg)
-1756918572.jpg)