विराटनगर । ‘सुरक्षित यात्रा हामी सवैको चाहना, सबैले गरौँ ट्राफिक नियमको पालना’ मुल नारासहित आजदेखि कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश विराटनगर तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी प्रदेशस्तरीय ट्राफिक सप्ताह सुरू गरिएको हो ।
आज शुक्रबार विराटनगर स्थित महेन्द्र चोकबाट प्रभात फेरी र्याली सुरु भई विराटनगरको सिटी हलमा पुगी एक कार्यक्रमको आयोजना बिच ट्राफिक सप्ताहको शुभारम्भ भएको हो ।
निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीको अध्यक्षता तथा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको ट्राफिक सप्ताह कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले पानसमा दिप प्रज्वलन गरेर बिधिवत रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए ।
-1750417702.JPG)
कार्यक्रममा उनले सचेतना मुलक श्रव्यदृश्य सामाग्री ‘सुरक्षित यात्रा’ को औपचारिकरूपमा अनावरण गर्नुका साथै सार्वजानिक यात्रु वाहक बसमा यात्रुहरूको गुनासो तथा सुझावको लागी क्युआर कोडको स्टिकर समेत टाँस गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेशका माननीय सामाजिक विकाश मन्त्री पाँचकर्ण राई, खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्की, आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राम प्रसाद आचार्य, पुर्वि पृताना हे.क्वा. सुनसरीका सहायक रथी गौरव कुमार रेग्मी, सशस्त्र प्रहरी वल बराहबाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, राष्ट्रिय अनुन्धान कार्यालय धरानका अनुसन्धान निर्देशक ईन्द्र सिं लामा लगायत प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारी, पुर्व प्रहरी अधिकृतहरू, स्थानिय जनप्रतिनिधीहरू, यातायात व्यवसायीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, संचारकर्मीहरू, नागरीक समाज, संघ संस्थाका प्रतिनिधिहरू, बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरू समेतको उपस्थिति रहेको थियो ।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि आजैदेखि एकैसाथ कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ भने एक साता सम्म जिल्लाहरूमा बिभिन्न ट्राफिक सचेतनामुलक कार्यक्रमहरू संचालन गरी ट्राफिक सप्ताह सम्पन्न हुने छ ।