काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ र प्राविधिक प्रहरी समूहतर्फका ४८६२ जना प्रहरी एकैपटक बढुवाको लागी सिफारिस भएका छन् ।
आइतबार राति बसेको बढुवा समितिको वैठकले जनपद प्रहरी समूहतर्फका ४८८ जना सई वरिष्ठ सईमा, ८२० जना प्रहरी हवल्दारहरु प्रहरी वरिष्ठ हवल्दारमा र ३१५८ जना प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस गरेको हो ।
त्यस्तै प्राविधिक प्रहरी समूह, प्यारामेडिक्सतर्फ, कम्प्युटरतर्फ, आवास तथा भौतिक ईन्जिनियरिङ्गतर्फ, सञ्चारतर्फ, संगीतर्फ र विधिविज्ञानतर्फका ६८ जना सई वरिष्ठ सईमा, केनाईनतर्फ, संगीततर्फ, आवास तथा भौतिक ईन्जिनियरिङ्गतर्फ र सञ्चारतर्फका ६३ जना प्रहरी हवल्दारहरु प्रहरी वरिष्ठ हवल्दारमा र संगीततर्फ र सञ्चारतर्फका २६५ जना प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस भएका छन् ।
को-को परे बढुवामा ? सूचीसहित
जनपद प्रहरी समूहतर्फ सईबाट वरिष्ठ सईमा बढुवा
जनपद प्रहरी समूहतर्फ हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा
जनपद प्रहरी समूहतर्फ प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा
प्राविधिक प्रहरीतर्फका सईबाट वरिष्ठ सईमा बढुवा
प्राविधिक प्रहरीतर्फ प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दारमा बढुवा
प्राविधिक प्रहरीतर्फ प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा