रौतहट । रौतहटको राजदेवी नगरपालिका-८ लक्ष्मीपुर स्थित सीमा ईलाकाबाट बुधबार एपीएफ टोलीले ११ बोतल कोकास डिएक्स नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको माधवनारायण नगरपालिका-४ बस्ने २० वर्षिय अनिल साह र १८ वर्षिय पिन्टुकुमार पटेल छन् ।
ना. २३ प ४७२३ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी बेलविछुवामा बुझाईएको छ ।