Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
मगलवार, माघ ६, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
सशस्त्रका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस, को-को छन् बढुवामा ? [सूचीसहित]
डिआईजी अर्यालद्वारा हिरासतमा किताब कार्यक्रम उद्घाटन
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा व्यवस्थापन तथा योजना तालिम समापन
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ
सोलुखुम्बुमा टिपर दुर्घटना: ३ जनाको मृत्यु
ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ
अवैधरूपमा काठ ओसारपसार गर्ने ७ जना पक्राउ
सुरक्षामा महिला
  • Home
  • News
  • पाँच महिला प्रहरी अधिकृत डीएसपी बढुवाको प्रतिस्पर्धामा
पाँच महिला प्रहरी अधिकृत डीएसपी बढुवाको प्रतिस्पर्धामा
64x64
शुक्रवार, बैशाख १२, २०७७ सुरक्षा न्युज

काठमाडौं । गतसाता नेपाल प्रहरीका प्रहरी उपरीक्षकद्वय दुर्गा सिंह र किरण राणा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भए । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले सिंह र राणालाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको छ ।

हाल एसएसपी पदमा कार्यरत मिरा चौधरी (थारु) र किरण बज्राचार्य गतबर्ष नै बढुवा भएका भएका थिए । चौधरी बज्राचार्य, सिंह र राणा २०५१ चैत ५ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए ।

नेपालको सुरक्षाक्षेत्रमा महिला सहभागिता बढ्दै गइरहेको सन्दर्भमा नेपाल प्रहरीको प्राविधिक समुहतर्फको सर्बोच्च पदमा पनि एक महिला प्रहरी अधिकृत नै कार्यरत छन् । नेपाल प्रहरी अस्पतालको प्रमुख रहेकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आशा सिंह यसको उदाहरण हुन् । सिंह भन्दा अगाडी नेपाल प्रहरी अस्पतालको प्रमुखमा एआईजी दुर्गा थापा कार्यरत थिइन् ।

नेपाल प्रहरीमा महिला सहभागिताको प्रसङ्ग निस्कदा हरेकले सम्झने नाम हो बिमला थापा र पार्वती थापा । करिब सात बर्ष अगाडी नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट अवकाश पाएका थिए ।

नेपाल प्रहरीको जनपद समुहतर्फ प्रहरी निरिक्षक (इन्स्पेक्टर) भन्दा माथिल्लो तहको मात्रै कुरा गर्दा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुजा सिंह, प्रहरी उपरीक्षक (एसपी) गङ्गा पन्त, तारादेवी थापा, रन्जु सिग्देल, प्रहरी नायब उपरीक्षक (डीएसपी) बसुन्धरा खड्का, दिप्ती कार्की, अन्जना श्रेष्ठ, छिरिङ किप्पा लामा र चिनिमाया तामाङ महिलाको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीमार्फत राष्ट्रसेवामा खटिरहेका छन् । उनीहरुमध्ये एसएसपी सिंह संघीय प्रहरी इकाई कार्यालय पोखराको प्रमुखको रुपमा कार्यरत छिन् । त्यस्तै एसपी पन्त पर्सा र सिग्देल सिन्धुलीको प्रहरी प्रमुखको भुमिकामा छन् ।

पछिल्लो समय सुरक्षा निकायमा महिलाको आकर्षक बढ्दै गएको प्रहरीको बरियता सुचीले समेत प्रष्ट पार्छ । हाल नेपाल प्रहरीमा रिक्त ५७ प्रहरी नायब उपरीक्षक (डीएसपी) को लागि बढुवाको प्रतिस्पर्धामा रहेका सयौंको भिडमा पाँच महिला प्रहरी अधिकृतले दाबेदारी प्रस्तुत गरेका छन् । प्रहरी निरिक्षकहरु पुर्णिमाकुमारी चन्द, शर्मिला गुरुङ, रुपा लाबुङ, चन्चला श्रेष्ठ र कोपिला चुँडाल प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाको प्रतिस्पर्धी हुन् ।

डीएसपी बढुवाका प्रत्याशी इन्स्पेक्टरहरु चन्द, गुरुङ, लाबुङ र श्रेष्ठ २०६७ भदौ २४ मा प्रहरी निरिक्षकबाट सिधै नेपाल प्रवेश गरेका अधिकृत हुन् भने चुँडालले २०५८ असार १ मा प्रहरी सहायक निरिक्षक हुँदै २०६७ भदौ २४ मा आन्तरिक प्रतिस्पर्धाबाट खुला समुहमा प्रहरी निरिक्षकमा नाम निकालेकी थिइन् ।

फिल्डमा समेत उत्कृष्ट क्षमता प्रदर्शन गर्दै आएकी पुर्णिमा चन्द हाल महानगरीय प्रहरी प्रभाग पुल्चोक ललितपुरको प्रमुख छन् । तीन बर्ष अगाडी महानगरीय प्रहरी प्रभाग गोङ्गबुको सफल कमाण्ड सम्हालेकी चन्द र महानगरीय प्रहरी प्रभाग बलम्बुको कमाण्ड गरेकी शर्मिला गुरुङ निडर र व्यावसायिक छविका प्रहरी अधिकृतमा गनिन्छन् ।

त्यसो त हाल महानगरीय प्रहरी प्रभाग मंगलबजार पाटनको नेतृत्वमा रहेकी चन्चला श्रेष्ठ र करिब डेढ बर्ष अगाडी महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरको सफल कमाण्ड गरेकी रुपा लाबुङ पनि व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् ।

 

 

 


प्रकाशित मिति: शुक्रवार, बैशाख १२, २०७७, ०४:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चार महिला प्रहरी अधिकृत डीएसपी बढुवाको लागि सिफारिस
इन्स्पेक्टर एलिजाको सरुवा, सुभद्राले पाइन कोटेश्वर प्रभागको जिम्मेवारी
गंगाजस्तै निश्चल र कर्मठ महिला प्रहरी पन्त
ताजा समाचार
सशस्त्रका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस, को-को छन् बढुवामा ? [सूचीसहित] सोमवार, माघ ५, २०७७ 291
डिआईजी अर्यालद्वारा हिरासतमा किताब कार्यक्रम उद्घाटन
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा व्यवस्थापन तथा योजना तालिम समापन
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ
सोलुखुम्बुमा टिपर दुर्घटना: ३ जनाको मृत्यु
ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ
अवैधरूपमा काठ ओसारपसार गर्ने ७ जना पक्राउ
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ सोमवार, माघ ५, २०७७
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ सोमवार, माघ ५, २०७७
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ सोमवार, माघ ५, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु
नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु
काबुलमा बम विष्फोट: वरिष्ठ अफगान अधिकारीको मृत्यु
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP