भक्तपुर । मध्यपुरठिमी नगरपालिका-१ मनहरास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर बालकुमारी बस्ने रामेछाप लिखु गाउँपालिका-६ घर भएका २८ वर्षीय ज्ञान नारायण श्रेष्ठ रहेका छन् ।
मंगलबार राति काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.८४ प ७१९५ नम्बरको मोटरसाइकलले ट्राफिक चेकिंङमा खटिएको प्रहरीलाई सामान्य ठक्कर दिए पश्चात प्रहरीलाई प्रभावमा पार्न उक्त नगद दिन खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।