Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
बुधवार, बैशाख ८, २०७८
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
इन्स्पेक्टर मन्दिप चौहान सर्वोत्कृष्ट प्रहरी घोषित
१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी
‘लापरबाही बढ्दै गए लकडाउन’
नेपाल-भारत सीमा ३२ घण्टा सिल हुने
आफ्नै भाउजुको हत्या गरेर प्रहरी कार्यालयमा पुगेपछि...
भारतीय नोटसहित एक जना पक्राउ
यसरी हुन्छ नेपालबाट भारततर्फ मदिरा तस्करी
दाउन्ने बस दुर्घटना: घाइतेमध्ये ३ जनाको मृत्यु
बैतडीमा बालकको हत्या, एक जना पक्राउ
नेपाली सेना
  • Home
  • News
  • भूपू सैनिकको जीवनस्तर उकास्ने प्रयत्न गरिरहेका छौंः प्रधानसेनापति थापा
भूपू सैनिकको जीवनस्तर उकास्ने प्रयत्न गरिरहेका छौंः प्रधानसेनापति थापा
64x64
बुधवार, चैत्र २५, २०७७ सुरक्षा न्युज

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालका लागि तय भएको तेस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा बसोबास गर्ने भूपू सैनिकलाई लक्षित गरी उपत्यका पृतनामा आज आयोजित भूपू सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले भूपू सैनिकको वीरता र समर्पणको सङ्गठनले कदर गर्ने विश्वास दिलाए । प्रत्येक सेनापतिको कार्यकालमा कम्तीमा एक पटक प्रदेशगत रुपमा सेनाले भूपू सैनिक सम्मेलन गर्दै आएको छ ।

उनले भने, “भुपू सैनिक, एकल महिला र अरु हिताधिकारीको आर्थिक र सामाजिक रुपमा जीवनस्तर उकास्न कल्याणकारी कार्यक्रममा सेवाग्राहीको थप पहुँच विस्तारको प्रयत्न भइरहेको छ ।” सङ्गठनको उद्देश्यअनुरुप नै भूपूसैनिक र एकल महिलाका प्रतिनिधिलाई कोभिड-१९ खोप प्रदान गर्ने कार्यको शुरुआत भइसकेको पनि उनले जानकारी दिए । सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा सेनाको व्यवस्थापनमा भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार, आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नारामा सेनाले सम्मेलन गर्दै आएको छ ।

सकल दर्जाबाट अवकाश प्राप्त गरी सकेपछि पुनः रोजगारीका लागि विदेशिने अवस्थाको अन्त्य गरी स्वेदशमा नै स्वरोजगारीका अवसर सिर्जना गरी परिवारसँगै सुखमय जीवनयापनका लागि सेनाले सैनिक कल्याणकारी गतिविधिमार्फत सम्बोधनका लागि अधिकतम प्रयास गर्दै आएको पनि प्रधानसेनापति थापाले बताए ।

सो अवसरमा तीन जिल्लामा बसोबास गर्ने मध्ये ज्येष्ठ भूतपूर्व सैनिक १०० वर्षीय नरबहादुर बस्नेत र १०४ वर्षीया एकल महिला गङ्गादेवी थापामगरलाई सम्मान गरियो । समारोहमा चार वा सोभन्दा बढी सन्ततिलाई सेनामा सेवा गर्न अभिप्रेरित गर्ने सात जना आमाबुबालाई सम्मान गरियो । कल्याणकारी कोषले सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल दत्तुप्रसाद तिमिल्सिना र भूपू सैनिक राजन खत्रीकी श्रीमतीलाई सम्मान गरेको थियो ।

त्यस अवसरमा फरक क्षमता भएका र अशक्त चार जनालाई ह्विल चियर, वैशाखी र आर्थिक सहयोग प्रदान गरियो । लघुवित्त कार्यक्रमअन्तर्गत सहुलियत ब्याजदरमा कर्जा लिएर उद्योग व्यवसाय सञ्चालन गर्न चाहने महिलालाई सेनाले उद्यमशील कर्जाको चेक पनि हस्तान्तरण गर्यो ।

समारोहमा बलाधिकृत रथी प्रभुराम शर्माले लडाइँ, बढाइँ, जिम्मेवारी र शान्ति सेनामा खटिदाका सहयात्रीसँग सुखदुख बढ्न सकियोस् भन्ने उद्देश्यका खातिर विशिष्टिकृत परम्पराका रुपमा भूपू सैनिक सम्मेलन गरिँदै आएको बताउनुभयो । पूर्वरथी बालानन्द शर्माले भूपू सैनिकका चाहना, पीरमर्का, सुझाव र प्रस्तावलाई सीमित स्रोत साधनका अलवा सङ्गठनले विस्तार गरेका कल्याणकारी कार्यक्रम सह्रानिय रहेको बताए ।

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी निर्देशक गौरव तण्डुलले कोषले महिला उद्यमीका लागि ज्यादै न्यून ब्याजदरमा कर्जा प्रवाह गरेकाले त्यसबाट लाभ लिन हिताधिकारीलाई सुझाव दिए । नेपाल राष्टिय भुपू सैनिक सङ्घका सभापति दिगम्बर शम्शेर राणाले कल्याणकारी कार्यक्रममार्फत भूपू सैनिक र एकल महिलाको जीवनस्तर उकास्न ठूलो योगदान पुगेको धारणा राखे ।-रासस

 


प्रकाशित मिति: बुधवार, चैत्र २५, २०७७, ०५:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल-चीन क्षेत्रका सीमा स्तम्भको मर्मतसम्भार गर्दै नेपाली सेना
कोभिडविरुद्धको खोप हिताधिकारीलाई प्राथमिकता साथ उपलब्ध गराइन्छ: प्रधानसेनापति थापा
सेना जनताको आस्था र भरोसाको केन्द्र : प्रधानसेनापति थापा
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम शुरु
नेपाली सेना
सैनिक कल्याणकारी कोषको रकम ५८ अर्बभन्दा बढी
64x64
शनिवार, चैत्र १४, २०७७ सुरक्षा न्युज
सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति रु ५८ अर्बभन्दा बढी पुगेको छ । पुरा पढ्नुहोस्
नेपाली सेना
पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपाली सेनाका नक्कली सहायक सेनानी छिरेपछि…
64x64
सोमवार, चैत्र ९, २०७७ सुरक्षा न्युज
नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने नक्कली सहायक सेनानी मुस्ताङ थासाङ गाउँपालिका-४ ठेगाना भएका १८ वर्षीय किशोर पोखरा महानगरपालिका-१४ चाउथेबाट शनिबार पक्राउ परेका छन् । पुरा पढ्नुहोस्
ताजा समाचार
इन्स्पेक्टर मन्दिप चौहान सर्वोत्कृष्ट प्रहरी घोषित मगलवार, बैशाख ७, २०७८ 422
१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी
‘लापरबाही बढ्दै गए लकडाउन’
नेपाल-भारत सीमा ३२ घण्टा सिल हुने
आफ्नै भाउजुको हत्या गरेर प्रहरी कार्यालयमा पुगेपछि...
भारतीय नोटसहित एक जना पक्राउ
यसरी हुन्छ नेपालबाट भारततर्फ मदिरा तस्करी
दाउन्ने बस दुर्घटना: घाइतेमध्ये ३ जनाको मृत्यु
बैतडीमा बालकको हत्या, एक जना पक्राउ
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
भारतीय नोटसहित एक जना पक्राउ आइतवार, बैशाख ५, २०७८
दाउन्ने बस दुर्घटना: घाइतेमध्ये ३ जनाको मृत्यु आइतवार, बैशाख ५, २०७८
बैतडीमा बालकको हत्या, एक जना पक्राउ आइतवार, बैशाख ५, २०७८
अन्तर्राष्ट्रिय सुरक्षा
भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या
इन्डोनेसियाको इसाई गिर्जाघरमा आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते
अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP