सर्लाही । ईश्वरपुर नगरपालिका-१३ रेलवे फाँटस्थित सडकबाट १० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोहत्तरी गौशाला नगरपालिका-३ बस्ने ५० वर्षीय नवल किशोर साह र उनकी श्रीमती ४० वर्षीया उर्मीला देबी साह रहेका छन् ।
बिशेष सूचनाको आधारमा प्रहरी चौकी गौरिशंकरबाट खटिएको प्रहरीले ज. ११ प ७९७१ नम्बरको मोटरसाइकलमा फुलजोरबाट मोहत्तरीतर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्नेक्रममा मोटरसाइकलको बीचमा लुकाई ल्याएको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।