दाङ । दाङको राप्ती गाउँपालिका-१ स्थित भालुवाङ्गबाट बुधबार एपीएफ टोलीले करीब एक लाख ४७ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५७५ नम्बरको यात्रुवाहक बसमा राखेर लैजाँदै गरेको उक्त लत्ताकपडाको कागजपत्र नभएको फेलापरेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण दाङ्गबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।